बलिउडमा सनी लियोनीको उत्तराधिकारीको आगमन

मुम्बई(एजेन्सी) । बलिउड फिल्म निर्देशक रामगोपाल बर्माले यूरोपमा अमेरिकी पोर्नस्टार मिया मालकोवाका साथ एक भिडियो सुट गरेका छन् । जुन भिडियोका शीर्षक ‘गड सेक्स एण्ड ट्रुथ’ छ । मालकोवाले बिहीबार ट्वीटरमा भारतीय फिल्म निर्देशकसँग काम गर्न पाउँदा खुशी लागेको भन्दै ट्वीटेकी थिइन् ।

‘भारतीय फिल्म निर्देशक रामगोपाल बर्माले मसँग यूरोपमा एक भिडियो ‘गड, सेक्स एन्ड ट्रुथ’ सुट गर्नुभयो । म सनी लियोनी पछि भारतीय निर्देशकसँग काम गर्ने दोस्रो एडल्ट स्टार हुँ ।’उनले रामगोपाललाई धन्यवाद दिँदै ट्वीटेकी छन् । रामगोपालले पनि ट्वीटरमा मियासँग भिडियोमा काम गर्दा सानदार अनुभव गरेको कुरा उल्लेख गरेका छन् । ‘सनी लियोनीसँग काम गर्ने मौका मलाई कहिल्यै मिलेन । तर मैले मियासँग काम गर्दाको अनुभव कहिल्यै भूल्ने छैन ।’ उनले भनेका छन् ।

मियाको जन्म जुलाई १, १९९२ मा अमेरिकाको क्यालिफोर्नियास्थित पाम स्प्रिंग्समा भएको थियो । मियाले सन् २०१२ मा एडल्ट फिल्म उद्योगमा पाइला राखेकी थिइन् । उनले हार्डकोर पोर्नको क्षेत्रमा पनि आफ्नो स्थान बनाइसकेकी छन् ।