आमिरका कारण तनावमा सोनम

मुम्बई(एजेन्सी) । आमिर खानको फिल्म ‘थ्री इडियट्स’ले बक्स अफिसमा उत्कृष्ट कमाई ग¥यो । यो फिल्म अहिलेसम्म पनि दर्शकको दिमागबाट उत्रिएको छैन । तर एक व्यक्ति छन्, जो यो फिल्मको फ्यान फलोइङबाट निकै समस्यामा छन् । उनी अरु कोही नभई वास्तविक जीवनमा फुंसुक वांगडूको नामले प्रख्यात सोनम वांगचुक हुन् । उनका अनुसार फिल्ममा आमिरले निभाएको भूमिकाको विषयलाई लिएर जवाफ दिँदा दिँदा उनी थाकिसकेका छन् । ‘त्यो फिल्म कुनै बायोपिक थिएन । केवल मनोरञ्जनका लागि मेरो कथाबाट प्रेरित एक फिल्म थियो ।’ उनले भनेका छन् ।

उनले आफूलाई फिल्म रिलिज भएको यति लामो समय बित्दा पनि त्यही भूमिकाका बारेमा सोध्नेको कमी नरहेको खुलाए । ‘यो नामबाट म कुनै प्रचार वा फाइदा लिन चाहन्न । देश आविस्कारको मामलामा खास नयाँ केही गर्न सकिरहेको छैन । न त आविस्कार नै गर्न सकेको छ । किनकी यी सबै काम फिल्मले नै गरिरहेको छ ।’ उनले अगाडि भनेका छन् ।

वांगचुक लद्दाखमा एक विशेष स्कुल चलाउँछन् । त्यहाँ हरेक उत्पादन सोलारबाट चलाइन्छ । यो विद्यालयको शुरुवात १९८८ मा भएको थियो । तर यो स्कुलको चर्चा आमिरको फिल्म ‘थ्री इडियट्स’ रिलिज पछि भयो ।