सम्पादनमा कुमुदे हिड्यो हिरो बन्न

काठमाडौं । फिल्म ‘कुमुदे हिड्यो हिरो बन्न’ करिब २८ दिनको दाङ र काठमाण्डौको छायांकन सकेर सम्पादन कार्यमा जुटेको छ । बुधबार सम्पादक सन्देश शाहलाई फिल्मको सम्पादकको रुपमा सम्झौता गर्दै सम्पादन सुरु गरिएको छ । साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा फिल्म निर्माण भएको हो ।

फिल्ममा कुमुद पन्त, रिचा थापा, रबिना परियार, बिष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकरराज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती विक र बालकलाकारहरु प्रयुश दत्त सुवेदी, काव्यरस रिजाल, युनिश घिमिरे, युनिका खत्रीलगायतको अभिनय छ ।

फिल्म कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माता बिष्णु पन्त शर्मा आचार्यले निर्माण गर्न लागेकी हुन् । चक्रबहादुर बराल सह–निर्माताको रुपमा रहेको फिल्मको कार्यकारी निर्माता रंग पत्रकार एवम् रेडियो प्रस्तोता भोला सुबेदी (आर्जे प्रणव) रहेका छन ।

फिल्मको छायांकन दाङ, पोखरा र काठमाडौंमा गरिएको छ । फिल्ममा किरण दाहालको द्वन्द्व, बिपिन आचार्य र ओम सुनारको संगीत, तथा सन्देश शाहको सम्पादन रहको छ । उत्तम प्रसाद अधिकारीको असोसिएट् निर्देशन रहको यस फिल्मको प्रदर्शन २०८३ मा हुनेछ ।