काठमाडौं । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्मलाई सबै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सरका अधिकांश कर्मचारीहरुले अशोक दर्जीको बिषयबस्तुमा निर्माण भएको ‘फिल्म धेरै राम्रो बनेको भन्दै खुलेरै तारिफ गरे ।
निर्देशक टंक बुढाथोकीले ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र फिल्मलाई पनि दर्शकले मन पराउने बिश्वास रहेको बताए ।फिल्मको ट्रेलरलाई युटुबमा १० लाख बढी पटक हेरिसकिएको छ ।
फिल्ममा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।
बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।






