प्रमोदको पीडाले थिचेको मान्छे म

काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको एरेञ्ज छ ।

छत्रेश्वरी म्यानेजमेन्टको अफिसियल च्यानल सिएम डिजिटलमार्फत सार्वजनिक गीतमा विछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गरिएको छ । भिडियोमा अभिनेता विराज बिष्ट र डेब्यु मोडल गीता पन्थीको अभिनय छ ।

राष्ट्रिय चलचित्र पुरस्कार विजेता फिल्म ‘बुलाकी’का अभिनेता तथा निर्माता बिष्ट मोडलिङमा पनि सक्रिय छन् । उनको नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको चरणमा छ । भिडियोमा श्याम तामाङको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ र सिर्जन बरालको निर्देशन छ । यो गीतको भिडियो सैलुङ, दोलालघाट, मुढे लगायतमा छायांकन गरिएको छ ।