फागुन २९ मा स्त्री

काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्म ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणासंगै फिल्मको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको फिल्ममा निर्देशक शाहीकै कथा छ भने पटकथामा उनलाई किशन अर्यालले सघाएका छन्। रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन्।

सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन्।

निर्माता समिर राईका अनुसार फिल्मको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। नारी–केन्द्रित कथामा बनेको फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्।