टाइटल टिजरसहित सिन्दुरे जात्राको घोषणा

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा फिल्मको टाइटल छ ।

फिल्ममा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । सामान्यतया नुवाकोटमा ऐतिहासिक सिन्दुरे जात्रा मनाइन्छ । त्यही जात्रामा आधारित कथा हुनसक्ने अनुमान लगाइए पनि निर्देशकले यो विषयमा मुख खोलेका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । फिल्मका कलाकार फाइनल भइसकेका छैनन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।