मेरो प्रियतममा प्रेमिल मुगलान जोडी

काठमाडौं । आगामी पुष १० गतेबाट रिलिज हुने फिल्म ‘मुगलान’को रोमान्टिक गीत ‘मेरो प्रियतम’ रिलिज भएको छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई प्रेमिल भावमा देखाइएको छ । गीत युना इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर, सिर्जना लम्सालको शब्द, किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । गीतमा प्रभात र स्मारिकालाई कोरियोग्राफर देवेन्द्र कुँवरले रोमान्टिक भाव दिएका छन् । भिडियोमा अजय रेग्मीको छायांकन छ । यसअघि सार्वजनिक गीत ‘पिन्टु पियारी’लाई दर्शकले मनपराइसकेका छन् ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको पनि अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसै गरि यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्।

तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ। फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को छ। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ।