काठमाडौं । हाल प्रदर्शनरत फिल्म ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द र समीर÷हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः कम्पोज गरेको गीतमा गरिमा अधिकारीको स्वर छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साइमन वादी, खगेन्द्र लामिछाने र वर्षा राउतलगायतका कलाकारको अभिनय छ । फिल्ममा एकता पौडेलको निर्देशन छ । उनी निर्देशक रेग्मीकी भान्जी हुन् ।
फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी फिल्ममा छ ।






