द ब्ल्यू लाइट पोस्टरमा बेनिशाको भाव

काठमाडौं । आगामी पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । तीन कलाकार रहेको पोस्टरमा अभिनेत्री बेनिशा हमाल प्राथमिकतामा परेकी छन् ।

पोस्टरमा बेनिशालाई खुशी, तनाव भावमा देख्न सकिन्छ । एक फोटोमा उनी खुशी देखिएपनि अर्को तस्वीरमा उनी हातमा चुरोट लिएर निराश भागमा रेलिङमा अडेस लागेकी छन् । पोस्टरमा अभिनेता महेश त्रिपाठीलाई पनि देख्न सकिन्छ । ग्रिस्मा कटुवाललाई पनि पोस्टरमा रोइरहेकी छन् ।

बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको फिल्मको प्रस्तुतकर्ता स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ ।