काठमाडौँ । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक भएको छ । गीतको भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ । फिल्म ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार गीतको कन्सेप्ट पनि उनकै हो । ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएका छन् । भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतार–चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ। भिडियोमा आर्यनलाई रिसाहा र मायालु भावमा देखाइएको छ ।
गीतमा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन् । आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय छ । उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुब्रत आचार्यको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।







