काठमाडौँ । बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘मिलिनियम किड्स इन्टरनेसनल २०२६’मा जुनियर र सिनियर विधामा एकसाथ ४ जना बालबालिका विजेता भएका छन् । राजधानीमा शनिबार सम्पन्न चौथो संस्करणको प्रतियोगितामा जुनियर बालकतर्फ रिवान बस्नेत र बालिकातर्फ आरुसी बुढाथोकी तथा सिनियर बालकतर्फ इंगसोजंग थापा र सिनियर बालिकातर्फ मानस्वी बस्नेत शीर्ष विजेता बने ।
प्रतियोगितामा जुनियर बालकतर्फ प्रान्शु बस्नेत ‘फस्ट रनर अप’ र शिवांशु अर्याल ‘सेकेण्ड रनरअप’ छानिँदा जुनियर बालिकातर्फ अलिमा थापा ‘फस्ट रनर अप’, शुभानी पाण्डे ‘सेकेन्ड रनर अप’, अनिता महर्जन ‘थर्ड रनर अप’ र क्यारिन बाडेकर ‘फोर्थ रनर अप’ भए ।
सिनियर बालकतर्फ ब्रायन श्रेष्ठ ‘फस्ट रनर अप’ र शिवांशु कट्टेल ‘सेकेन्ड रनर अप’ तथा सिनियर बालिकातर्फ सुशासिका घर्ती मगर ‘फस्ट रनर अप’, डिजा आभा तिम्सेना ‘सेकेन्ड रनर अप’, इभानी पुन मगर ‘थर्ड रनर अप’ र रेनेश्मी स्थापित ‘फोर्थ रनर अप’ भए ।
प्रतियोगितामा माछापुच्छ्रे आइबी वल्र्ड स्कुलका प्रिन्सिपल होमनाथ आचार्य, ललितपुर युरो स्कुलका प्रिन्सिपल सन्तोष दाहाल, काठमाडौँ वल्र्ड स्कुलकी प्राइमरी स्कुल कोओर्डिनेटर बुनु राई, ज्ञानोदय बालवाटिका उच्च माध्यमिक विद्यालयकी प्राइमेरी कोओर्डिनेटर सुरैया शाक्य र जेभियर इन्टरनेसनल स्कुलकी इवाइपी कोओर्डिनेटर कल्पना त्रिपाठी निर्णायक थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । एजेन्सीका प्रबन्ध निर्देशकसमेत रहेका फैजुले बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।







