काठमाडौं । फिल्म ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट प्रदर्शनमा आउने फिल्मले युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउने छन् ।
हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्मले पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्षको कथा बोल्नेछ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्षलाई फिल्मले देखाउने निर्माण पक्षले जनाएको छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रलाई श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दै छ ।







