काठमाडौं । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा समाजमा रहेका नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चरित्रलाई चित्रण गरिएको छ ।
नारशी क्रियसनको प्रस्तुती र मिडिया पोर्टको सहकार्यमा ब्रेक स्टेशन नामक युट्युब च्यानलबाट र्यापर दिनेश साउदको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा रबिन बोगटी, विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावत लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
रबिनको यो निर्देशकीय हिसाबले पहिलो म्युजिक भिडियो भए पनि अभिनयका हिसाबले पहिलो भने होइन । उनले सन् २०२३ मा फिल्म ‘रंगेली’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । सन् २०१९ मा ‘डियर लभ’ नामक वेब सिरिजमा लेखक तथा अभिनेता भएर काम गरेका थिए ।
र्यापर दिनेश साउद (द इन्ड) को यो डेब्यु गीत हो । यो गीत म्युजिक भिडियोलाई रेवत श्रेष्ठले खिचेका हुन् ।







