काठमाडौं । युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’लाई २८ लाखभन्दा बढी पटक हेरिएको छ । माघ १ गते रिलिज भएको यस गीतमा मनपराउने र प्रतिक्रिया दिनेको संख्या उत्तिकै बढी छ । गीतको भावले मन नलागि नलागि परदेशिन बाध्य पारेको कुरालाई भन्न खोजेको छ। अभिनेता पल शाह, विपना थापा र प्रदीप रावतको अभिनयले पनि दर्शकलाई उत्तिकै बाँधेको छ ।
गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतको अभिनयलाई दर्शकले मन पराएका छन्। किरण परियार र शान्तीश्री परियारले गाएको गीतमा शब्द संगीत अभि सुनारको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,रबिन्द्र झा,गजित बिष्ट,बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
फिल्म यहि माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउदैछ।







