निखिल र वर्षाको कस्तुरी सुरु

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको फिल्म ‘कस्तुरी’को मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा मूर्हतसँगै सुटिङ पनि थालिएको छ। फिल्मका निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’

उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए। फिल्मबाट अभिनेता निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका छन्। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन् ।