काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक भएको छ । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ ।
गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको र समयसँगै त्यो रंगीन फोटो सादा हुँदै गएको प्रसंगलाई प्रस्तुत गरिएको छ । गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत जुगल डंगोलको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुरेश कोली र रश्मी गुरुङको अभिनय छ । उनलाई बाल कलाकार काफिया प्रिले साथ दिएकी छन् । भिडियो निर्देशन निर्देशक समन अधिकारीले गरेका हुन् ।





