दर्शकले टिकट नपाउँदा पल चिन्तित

काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ,धनगढी,पोखरा र पुर्वको धरान लगायत ठाउँका हलमा सोल्ट आउट भएको हो।

फिल्मका अभिनेता पल शाहले दर्शकले टिकट नपाएकोमा माफी मागेका छन् । ‘सबै आमा–बुवा, दाजु–भाइ,दिदी बहिनी तथा साथीहरूमा मेरो एउटा सानो अनुरोध छ। आज मङ्गलबार नेपालगन्ज, दाङ, धरान, पोखरा, धनगढ़ी लगायत देशका धेरै सिनेमा हलहरूमा दिनभरिको सबै टिकटहरू सोल्ड आउट भइसकेका छन्। तपाईंहरू टाढा–टाढाबाट आएर टिकट नपाउँदा निराश भएर फर्किनुपरेको सुन्दा मलाई निकै दुःख लागेको छ।’ उनले भने ।

उनले घरबाट अर्थात काउन्टरमा टिकट कन्फर्म गरेर मात्रै हलमा पुगिदिन आग्रह गरेका छन्। यो फिल्मले मंगलबार मात्रै तीन दर्शक हलमा हाउसफुल भएको पलले स्क्रिनसर्ट सहित सामाजिक सञ्जालमा पनि राखेका छन्।

आमा बुबा र छोराबीचको घनिष्ट सक्बन्ध अनि परदेशिदाको पिडाले दर्शकलाई रुवाउन फिल्म सफल भएको छ। केहि दिनअघि निर्माण टिमले फिल्म हेर्दा दर्शक बिहोस् नै हुनु परेकाले माफी समेत मागेको थियो।

निर्माण टिमले फिल्म प्रदर्शनको दशौँ दिनमा ५ करोड २० लाख भन्दा बढि ग्रस कलेक्सन गरेको जानकारी दिएको छ। साथै चलचित्र विकास बोर्डको नौ दिनको बक्स अफिस रिपोर्ट अनुसार ४ करोड ८० लाखभन्दा माथीको व्यापार हो। फिल्मका अभिनेता पल शाह,सिम्रन पन्त,उषा उप्रेती लगायत निर्देशक चन्द्र पन्तको टिम दर्शक भेट्न विभिन्न जिल्ला हुँदै यतिबेला दाङ र नेपालगन्जका हलमा पुगेका छन्। त्यहाँ उनीहरुले दर्शकको प्रतिक्रिया लिइरहेका छन्।

चन्द्र पन्तकै कथा रहेको यस यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत (गजनी भिलेन)का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतमको पनि अभिनय रहेको छ।