सामाजिक सञ्जालमा परालको आगोको टिजरको चर्चा

काठमाडौं । निर्माता सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक भएपछि यसले युट्युब, सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ । ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन् ।

सामाजिक सञ्जालबाट नै फिल्मको टिजरले दर्शक बटुलेपछि निर्माता पोखरेल उत्साहित छन्। ‘ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको छ। दुइतर्फको भ्युज जोड्ने हो भने १ करोडभन्दा माथि पुगेको अवस्था छ। अरुको त हिसावै गरेको छैन,’ उनी भन्छन् ।

अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्। जसका कारण पनि यो फिल्मको प्रचार तिब्र छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज भएको टिजरमा दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन्।

श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा र छरछिमेकीको भुमिका देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भुमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथामा निर्माणधिन फिल्म सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्मको लगानी सुशील पोखरेलका अलवा सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्ममा सुशील देवकोटा पटकथा तथा संवाद रहेको छ। संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने रहेको यस फिल्ममा सम्पादन मिलन श्रेष्ठले गरेका छन्। त्यसै फिल्मको रंग संयोजन कनाल कँवरको छ।

समिर मिया र सत्यम रानाको भिएफएक्स,टिजर तथा ट्रेलर सम्पादन साहिल खानको छ भने फिल्ममा मिक्सिङ मुकेश शाहले गरेका छन्। यस फिल्मको निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीततर्फ शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको छ। साथै फिल्मका गीतमा शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यस फिल्मलाई नेपालभर वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म आगामी बैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ।