काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निरला अर्याल निर्वाचित भएकी छन् । संघको हालै सम्पन्न अधिवेशनले अर्याललाई अध्यक्षमा चुनेको हो ।
संघको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी निर्वाचित भए । त्यस्तै सदस्यहरुमा टेकराज भण्डारी, दिपेन खत्री, हिमाल महरा निर्वाचित भए । अधिवेशन संघका केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




