काठमाडौं । आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ। निर्र्माण पक्षले सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो।
गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्। आफू बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले पोखेकी छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। साथै गीतको शब्द मनबहादुर मुखियाको छ ।
यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएकी थिइन्। जुन गीत अहिले पनि उतिकै समय सान्दर्भिक सुनिन्छ। यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। साथै रंग संयोजन कनाल कँवरको छ।
फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। त्यसैगरि फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।
यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।
यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।




