परालको आगोबाट उत्साहित सौगात

काठमाडौं । फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका कारण पनि आफू निकै उत्साहित भएको सौगातको भनाई छ ।

‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’सौगातले भने, ‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पथ्र्यो। बाहिर जाँदाखेरि उहाँको गीतहरु सुन्थेँ। त्यहाँबाट नै उहाँका नाम मलाई याद भएको थियो। पछि फिल्ममा सँगै खेल्न पाइयो ।’ प्रकाश सपुतले यसअघि निकै फिल्ममा अभिनय गरिसकेका छन्। तर उनको अभिनयबाट पनि सौगात प्रभावित भएका रहेछन्।

सौगातले सुहानालाई अघिल्लो पुस्ताकी अभिनेत्री झरना थापाको झलक पाएको बताए। मेहनती रहेको र पछिल्लो समयकी राम्रो अभिनय गर्ने कलाकारमा सुहाना थापा रहेको बताए।

सुशील पोखरेलको निर्माण रहेको यस फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। फिल्म बैशाख ११ गते रिलिज हुँदैछ ।