काठमाडौं । विपिन कार्की र केकी अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘काजी’ आगामी जेठ ८ गते प्रदर्शन हुने भएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।
अभिनेता विपिनले ‘काजी’ क्लासिक लभस्टोरी फिल्म बनेको बताए । ‘मेरो अघिल्लो फिल्म उनको स्वीटरले जस्तै सरप्राइज बनाउने विश्वास लिएको छु । यसलाई लक्ष्मी प्रसाद देवकोटाको उपन्यास मुनामदन जस्तै उत्कृष्ट प्रेमकथाको रुपमा लिन सकिन्छ’, उनले भने ।
फिल्ममा अभिनेत्री केकी अधिकारी कजिनी पात्रको रुपमा छिन् । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएकाले प्रिभ्युलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।
रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण रिजालको निर्देशन छ । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत छ ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेको फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।




