काठमाडौं । गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘हावा चल्यो सिरिरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद ढुंगानाको शब्द, मनोज चौलागाईंको संगीत तथा एरेन्ज छ । गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा निर्देशक नितिन चन्दको निर्देशन र रोहित सिंह ठकुरीको कोरियोग्राफी छ । भिडियोमा कमल सिंह र जुना कार्कीको अभिनय छ। मेकअप एकता भण्डारीले गरेकी छन भने सम्पादन सौखिन तिमल्सिनाको रहेको म्युजिक भिडियोका निर्माता निलप्रसाद ईटनी रहेका छन् । गायक पौडेलको सार्वजनिक भएको म्युजिक भिडियो १० औ भिडियो हो ।भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्बजनिक गरिएको छ ।
भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।




