सर्लाहीबाट सौगातको जुबा सुरु

काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरु भएको हो । बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको फिल्म सर्लाहीमा ७ दिन खिचिनेछ । सर्लाही र काठमाडौं सँगै यो सिनेमा भारतको राजस्थानमा पनि सुटिङ हुनेछ । ७५ दिनमा छायांकन पुरा हुनेछ ।

फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहेको फिल्मको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन् ।

फिल्ममा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्दैछिन् । उनीबाहेक फिल्ममा सुधन पोखरेलको पनि अभिनय रहनेछ । रक क्यासल स्टुडियोले फिल्म निर्माण गर्न लागेको हो ।