विनयको अक्षरा मुहुर्त

काठमाडौं । मुख्य सहायक निर्देशक विनयराज पौडेलको निर्देशकीय डेब्यू फिल्म ‘अक्षरा’को मुहूर्त गरिएको छ। शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरिएको हो।

मुहर्त शर्टमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन, एक्सनकटमा मधुसूदन भट्टराई र क्ल्यापिङमा लव प्याकुरेल रहँदा नरिवल दीपक दंगालले फुुटाएका थिए ।

फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना छन्।

क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मका गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन्। कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। छायांकनमा दिपेन बस्न्यात छन्।

फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रालिमार्फत दीपक दंगालले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्।