सीता र भीमको परदेश जाने

काठमाडौ । गायिका सीता आङ्देम्बे र गायक भीम शेर्मा लिम्बुको स्वर रहेको गीत ‘परदेश जाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सिताको आफ्नै युट्युब च्यानल सिता आङ्देम्बेमार्फत गीतमा जीवन धान्नकै निम्ति विदेशिनु पर्ने नेपालीहरुको पिडालाई देखाईएको छ ।

माया आङ्गदेम्बेको प्रस्तुती रहेको यस गीतमा मायाकै शब्द र संगीत छ । गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । सुजन श्रेष्ठ छायांकार रहेको गीतको भिडियोमा मानहाङ् लावती, गीता माबुहाङ्, बाल कलाकार निङ्गवा योङ्गहाङ्ग र रहा राई रहेका छन ।

भिडियोमा अनिल रानाको सम्पादन र दिनेश माङ्गमुको निर्देशन छ । भिडियोका कलाकारको मेकअप कृष्ण सुबेदीले गरेका हुन् ।