सन्तोषको गीतमा निशानको नौलो प्रयोग

काठमाडौ । गायक सन्तोष कालिकोटेको ‘छट्पटी’बोलको नयाँ गीतमा निर्देशक निशान घिमिरेले नयाँ प्रयोग गरेका छन् । सार्वजनिक भिडियोमा युवा पुस्ताको लागि तयार पारिएको माया प्रेमको यथार्थ तथा प्रेम बिछोडको पिडालार्इ देखाइएको छ ।

गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ । आठ वर्ष पछि म्युजिक भिडियो निर्देशनमा पुनरागमन गरेका निशानले भिडियो उत्कृष्ट बनाउने प्रयास गरेका छन् ।

भिडियोमा उत्सब दाहालको छायांकन तथा राज, संजित तथा रोशनीले अभिनय गरेका छ । बिकाश दाहालले सम्पादन गरेका छन । सुत्र इन्टरटेनमेन्ट मार्फत भिडियो सार्वजनिक गरिएको हो ।