धवलागिरीको वृत्तचित्र उत्कृष्ट

काठमाडौं । राजधानीमा गत मंसिर २८ गतेदेखि शुरु भएको १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)’मा दुई अर्जेन्टियन युवाहरुले निर्माण गरेको वृत्तचित्र ‘धवलागिरी, एसेन्सो ला मोन्ताना ब्लान्सा’ उत्कृष्ट भएको छ । गुइलेर्मो ग्लास र क्रिस्टियन हार्बरुकले निर्माण गरेको यो वृत्तचित्रले १५ सय अमेरिकी डलर पुरस्कार पनि पाएको छ । वृत्तचित्रमा धवलागिरी हिमालको यात्रामा निस्किँदा साथी गुमाए पछिको पीडालाई प्रस्तुत गरिएको छ ।

अमेरिकी निर्देशक एण्डी ककरुमले निर्देशन गरेको वृत्तचित्र ‘शेर्पा स्टीऊ’ले दोस्रो हुँदै १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो । यो वृत्तचित्रमा सगरमाथाको आरोहण गरिसकेका शेर्पाहरुले आर्थिक समस्या भएपछि अमेरिकाको न्यूर्योकमा गरिरहेको संघर्षलाई देखाइएको छ । त्यस्तै दक्षिण कोरियाली पत्रकार हाइवन जीले ५ सय अमेरिकी डलरको पुरस्कार जित्यो । यो वृत्तचित्रमा कोरियाबाट भारतमा आएर सुकुम्बासी बस्तीका बालबालिका र उनीहरुका अभिभावकलाई खुशी पार्न एक कोरियन गायकले गरेको संघर्षलाई देखाइएको छ ।

नेपालको सुदुर पूर्वको एक जिल्लाका मह संकलकको कथामा आधारित ‘दी लाष्ट हनी हण्टर’का निर्देशक बेन नाइटले स्पेशल मेन्सन र वोत्जेक कोत्साज्विकले ‘मामा’का लागि जुरी अवार्ड पाए । फिल्म समिक्षक समाजका तर्फबाट ब्लड रोडले क्रिटिक अवार्ड पायो ।

नेपाल पानोरामा अन्तर्गत जलगेडीले बेष्ट फिक्सनर अवार्ड पाउँदै ७५ हजार रुपैंयाँ पोल्टामा पा¥यो । फेस्टिभलमा झालोले स्पेसल मेन्सनको अवार्ड पाउँदा वृत्तचित्र विधामा नेपाली वृत्तचित्र ग्याल्मुज हाउसले बेष्ट डकुमेन्ट्री अवार्ड पायो । भारतीय वृत्तचित्र कहाँ का रास्ताले बेष्ट इसिमोड माउन्टेन फिल्म अवार्ड पाउँदा १ हजार रुपैंयाँ डलर सुरक्षित ग¥यो ।

यस पटक नेपाललगायत ७६ देशबाट फिल्महरू आएकामा ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका थिए । फेस्टिभलको निर्णायक बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोस्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेन सदस्य थिए ।