दिलमा सजाउँलामा पुष्पल–अस्मिताको रोमान्स

काठमाडौं । पाश्र्वगायनमा जमेकी गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार दिपेन्द्र थिङको संगीतमा नयाँ गीत ‘दिलमा सजाउँला’ सार्वजनिक भएको हो । रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै गायक सुमन केसीको स्वर छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन । गीतको भिडियोमा पुष्पल खड्का र अस्मिता श्रेष्ठले अनस्क्रिन रोमान्स गरेका छन् । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियोमा गौरव गिरीको निर्देशन छ ।

यसअघि गायिका अन्जु पन्तसँग ‘ओई माया गर्नेवालीसँग’मा स्वर तथा संगीत दिएका थिंङ पछिल्लो समय संगीत सिर्जनामै ब्यस्त छन । उनको केहि दिनमै पहिलो नजर बोलको अर्को सांगितिक कोसेली सार्वजनिक हुदैछ ।