अपराधिक घटनामा अमृतको क्रिमिनल

काठमाडौं । समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तु बनाएर फिल्म ‘क्रिमिनल’ निर्माण हुने भएको छ । माघे संक्रान्ति तथा माघी पर्वको अवसर पारेर फिल्मको राजधानीमा मुहुर्त गरियो । नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा भएको मुहुर्त कार्यक्रममा केसीले क्ल्याप हान्दा सञ्चारकर्मी कृष्ण भुषालले नरिवल फोडेका थिए भने सानुकाजी श्रेष्ठले क्यामेराको स्विच अन गरेका थिए ।

फिल्मका कलाकार किशोर खतिवडा, अनु पराजुली, सानिया खान र मोहन केसीले मुहूर्न सर्ट दिएका थिए । अर्नभ फिल्मस प्रोडक्शनको व्यानरमा निर्माण हुने फिल्ममा अर्नभ बस्नेत प्रस्तुतकर्ता, सिताराम तिमल्सिना ‘ज्याक’ निर्माता र राजन परियार कार्यकारी निर्माता छन् ।

अमृतमान महर्जनको निर्देशन रहने फिल्ममा किशोर खतिवडा, अनु पराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन केसी, सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्तिजंग बराईली, शान्ति भट्टराई, दिव्य नेपालको अभिनय रहनेछ । माघ १२ गते देखि छायांकन शुरु हुने फिल्म पूर्वाञ्चलको विभिन्न स्थानमा खिचिनेछ । फिल्ममा भरत बस्नेतको संगीत, शंकर महर्जनको द्वन्द्व, हरिस खनाल र गौरब गिरीको नृत्य र रामेश्वर हुमागाईंको छायांकन रहने छ ।