लिलीबिलीमा प्रदिप–जसिता भन्दैछन्,‘इज इट लभ ?’

काठमाडौं । फिल्म ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ ?’ सार्वजनिक भएको छ । स्कटल्याण्डमा छायांकन गरिएको गीतमा फिल्मका नायक प्रदिप खड्का र नवनायिका जसिता गुरुङको रोमान्स हेर्न पाइन्छ । स्कटल्याण्डको चिसो मौसममा खिचिएको गीतमा दर्शकले त्यहाँको मनोरम दृश्यको पनि अवलोकन गर्न पाउँछन् ।

प्रताप दास र मेलिना राईको स्वर रहेको ‘इज इट लभ’ बोलको गीतमा नायक प्रदिप र नवनायिका जसिता गुरुङले अभिनय गरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सबिन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सको अभिनय छ । फिल्ममा सुदिप खड्का र गोविन्द शाहीको लगानी छ ।

फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सुदिप बरालको छायांकन छ । फिल्म नेपालमा वैशाख १४ गते रिलिज हुँदैछ ।