नेप्टेमा रोहितलाई बुहारीको खाँचो

काठमाडौं । आर रोशफी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको ‘सुपारी काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् ।

तारा थापाको सम्पादन रहेको फिल्मका निर्माता रोहित रुम्बा नै हुन् । देवकुमार श्रेष्ठले चलचित्रको निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रनिशा सिलवाल यो फिल्मबाट यो क्षेत्रमा भित्रिदैछिन् । फिल्ममा रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो चलचित्रले सामाजिक कमेडी कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए ।