मंगलम् गीतमा बम्पर उपहारको खोजी

काठमाडौं । नायिका शिल्पा पोखरेलको डेब्यु निर्माण गरेको फिल्म ‘मंगलम्’को दोस्रो गीत ‘बम्पर उपहार’ सार्वजनिक भएको छ । नायिका शिल्पा र नायक पृथ्वीराज प्रसाईले फिचरिङ गरेको गीतमा दीपक शर्माको संगीत, प्रमोद खरेलको स्वर र लेखु सहयात्रीको शब्द छ ।

फागुन २५ गते रिलिज हुने गीतमा कविराज गहतराजको नृत्य छ । छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा नवल नेपाल निर्देशक छन् । फिल्ममा मिथिला शर्मा, नीर शाह, शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वीराज प्रसाईको अभिनय छ ।

छविराज ओझा कार्यकारी निर्माता रहेको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्रदेव गुरुङको सम्पादन, विजेन्द्र शाक्य, साकार ओझा, ओम गुरुङको निर्माण, गोविन्द फुँयालको कथा र संवाद छ ।