संक्रान्ति मेलामा नेपथ्यका गीत

नारायणघाट । परम्परादेखि माघे संक्रान्ति मान्नेहरु देवघाट हुँदै नारायणघाटसम्मै नारायणी किनारमा भेला भएर रमाउँदै आएका छन् । यो वर्षभने धार्मिक जमघटको यसैथलो संगीतमा रमाउने युवा पुस्ताको निम्ति पनि तीर्थ बन्न पुग्यो । नारायाणी नदीको किनार पारीपट्टघाटमा नुहाउन आउने तीर्थालुदेखि मेला घुम्नेहरुको भीड लागेको थियो । त्यसैगरि बेलुकीपखवारीको किनारा नेपथ्यको लोक रक धुनमा रमाएको देखिन्थ्यो ।

नदीकिनारको मैदान बनाइएको कार्यक्रमस्थलमा लोकपप सांगीतिक व्याण्ड नेपथ्य झण्डै सातहजार दर्शकमाझ गुञ्जिँदा माहौल नै रमाइलो बन्यो । कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । म्यूजिक भिडियोको लगत्तै नेपथ्य टोलीले ‘कुरुपअनुहार हो’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’हुँदै ‘आँगनैभरि’ सुनाए ।

व्याण्डका प्रमुख गायक अमृत गुरुङले क्रमशः‘शिरफूलशिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम‘ऐनाझ्याल’मा समेटिएको चर्चित गीत‘जोगले हुन्छ भेट’ सुनाएका थिए । कार्यक्रममा‘तिमीपनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमालचुचुरे’, ‘मै नाचे छमछमी’हुँदै दर्शकहरुले सुरुदेखि माँगगर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो ।

कार्यक्रममा‘गाउँ गाउँबाट उठ’ गाउनुअघि ड्रमसेट र गितारको रफ्तार समात्दै सन्देश दिने कामलाई यसपाला पनि अमृतले निरन्तरता दिए । ‘गाउँ गाउँबाट उठ’बाहेक‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितीसँग नजिक्याउने गित सुनाएपछि कार्यक्रम अन्त्यको घोषणा गरिएको थियो।

सँधैजस्तै मुख्य गायक अमृतलाई यसपटक पनि किबोर्डमा सुरजथापा, ड्रमसेटमा ध्रुवलामा, बेस गितारमा सुविनशाक्य, लिड गितारमानिरज गुरुङ र मादलमाशान्ति रायमाझीले सघाएका थिए । यहाँस्थित ‘दाताज् इभेन्ट म्यानेजमेन्ट’ले कार्यक्रमको आयोजना गरेको थियो । नेपथ्य टोली अब माघ ४गते बिहीबार सोनाम लोसारका दिन बेलुकी भैरहवास्थित पक्लिहवा हाइस्कुलमामा प्रस्तुत हुनेछ ।