छुल्ठिमको आइटम नृत्यसँगै सकियो मिष्टर भर्जिन

काठमाडौं । तीन युवाको यौन मनोविज्ञानको विषयलाई लिएर निर्माण भइरहेको फिल्म ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । फिल्ममा समावेश एक आइटम गीतमा नायिका छुल्ठिम गुरुङको नृत्यसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो । गीतमा नायक गौरव पहारी र अभिनेता कमलमणि नेपालले पनि फिचरिङ गरेका छन् ।

विशारद बस्नेतको निर्देशन रहेको फिल्ममा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत, मिलन डी काप्रीको सम्पादन छ ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा बनेको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् । फिल्म २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।