मुलको पानीले सारिकाको मुखै चिसो भएपछि

काठमाडौं । नायिकाबाट गायिका बनेकी सारिका घिमिरेको नयाँ गीत ‘मुखै चिसो बनायो मुलको पानीले’को भिडियो सार्वजनिक भएको छ । सारिकाको ‘मोहनी’ एल्बममा संग्रहित यो गीतमा उनीसँग मोडल तथा नायक दिक्पाल कार्कीले फिचरिङ गरेका छन् । गीतमा शान्तिप्रियको शब्द र दीपक शर्माको संगीत छ ।

मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा राजन लामाको छायांकन, रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजलाई पनि देख्न सकिन्छ ।

दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका सारिका घिमिरेले गायन क्षेत्रमा पनि आफूलाई राम्रै गायिकाका रुपमा प्रस्तुत गरिरहेकी छन् ।