छमछमीमा बाहिरिइन् डेन्जर जोन क्विन

काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ बाट यो साता काठमाडौंकी नेहा तामाङ बाहिरिएकी छिन् । काठमाडौंबाट अडिसन दिई टप ८ सम्म आइपुगेकी नेहाले टप ८ को प्रस्तुतिमा दर्शकबाट सोचे जस्तो मत पाउन नसकेपछि त्यो भन्दा अघि बढ्न नसकेकी हुन् । अघिल्लो हप्तादेखि नै भोटका आधारमा लगातार पाँचौ हप्तासम्म पनि बटम ३ मा रहंदै डेन्जर जोनमा पर्दे आएकी उनलाई शोमा डेन्जर जोन क्विनका रुपमा चित्रण गरिएको थियो ।

यो राउण्डमा हेटौंडाका सरोज राना प्रजाले सबैभन्दा बढि भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रुपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ह्याम्पर प्राप्त गरे । शोको प्रतिस्पर्धाबाट बिदा लिंदैै नेहाले आफ्ना नसामा नृत्य दौडिएकोले आगामी दिनमा यहि क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको बताइन् । उनले एलजि को ३२ इन्चको स्मार्ट टिभि पुरस्कारको रुपमा प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा अब ४ जना पुरुष र ३ जना महिला प्रतिस्पर्धी मैदानमा छन् । यो रियालिटी शोमा प्रथम हुनेले डाट्सनको रेडि गो कार, द्वितीय हुनेले ५ लाख बराबरको एलजि होम एपलाइन्सेस, तृतीय हुनेले ३ लाख बराबरको एलजि होम एपलाइन्सेस र टप १० भित्र स्थान बनाउने अन्य ७ जना प्रत्येकले ३२ इन्चको एलजि स्मार्ट टि भि पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ भने बजारीकरण कि एडभरटाइजिङ सर्भिसेस प्रा. लि. ले गर्दै आइको छ । छमछमीको चौथो र पाँचौ श्रृंखला समेत प्रायोजन सम्झौता भैसकेको छ ।