मधु–रामजीको पिरतीमा एक्का

काठमाडौं । गायिका मधु क्षेत्रीले नयाँ गीत ‘पिरतीमा एक्का’ लिएर आएकी छन् । गीतमा मधुलाई रामजी खाँडले स्वरमा साथ दिएका छन् । मधुसुदन डाँगीको शब्द रहेको गीतलाई रामजीले नै संगीत गरेका छन् । विक्रम चौहानको निर्देशन, अजय रेग्मीको छायांकन र मिलन विकको सम्पादन रहेको गीतको भिडियोमा रामजी, मधु र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

मधुको केही समय अघि ‘ब्युटी ब्युटी छ’ र ‘कुरा काटे पातै फरर’ले राम्रै चर्चा पाएका थिए । विगत ७ वर्षदेखि नेपाली गीत,सं्गीतमा आफ्ना रचनाहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यस सम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् ।

सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् ।

‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पिरतीमा एक्का…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।