फेवातालको कुरा गर्दै महेश

ललितपुर । गायक महेश शिल्पकारको नयाँ गीत ‘फेवातालैमा’ बजारमा आएको छ । गीतमा कृष्णभक्त महर्जनको शब्द तथा संगीत छ । महर्जन तबला वादक पनि हुन् । ‘सररर हावा चल्यो फेवातालैमा’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ । भिडियोलाई सुमन लामाले निर्देशन र सम्पादन गरेका छन् ।

फेवाताल र पोखरा आसपासका मनोरम दृश्यहरु भिडियोमा हेर्न पाइन्छ । दिपक कार्की र निभा अधिकारीले अभिनय गरेको भिडियोका क्यामेराम्यान बसन्त महर्जन हुन् । अहिले सिंगल ट्रयाक बजारमा ल्याएका शिल्पकारले केहि समयपछि पुरै एल्बम बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

हङकङमा बसोबास गरिरहेका गायक शिल्पकार नेवारी तथा नेपाली गीत गायनमा करिब एकदशक देखि सक्रिय छन् । उनले सन् २००८ मा एकल गीती एल्बम आह्वान बजारमा ल्याएका थिए । यो बाहेक भ्वाईस अफ हङकङ, आदिवासी एल्बम पनि गायक शिल्पकारले निकालेका छन् । नेपाली र नेवारी गरेर झन्डै २५ वटा गीत उनले गाईसकेका छन् ।

हङकङको ब्यस्तताको बाबजूद पनि महेश शिल्पकार संगीतमा साधनारत छन् । उनलाई नेपाली गीत संगीत क्षेत्रमा अझ योगदान दिने मन छ । यसैले पनि उनी नेपाली संगीतमा समर्पित छन् । परदेशमा बस्दा आप्mनोपन र नेपाली गीतको अझ माया लाग्ने उनले बताए।