भारतको आसाममा निलको फ्रेञ्चाइजी

काठमाडौं । हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको निल डेभिड युनिसेक्सन सैलुनको फ्रेञ्चाइजी भारतस्थित आसामको गुवाहाटीमा सञ्चालनमा आएको छ । मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका सहरमा सय सैलुन सञ्चालन गर्ने सम्झौता अनुरुप गुवाहाटीस्थित जीएस रोडमा सैलुन शुरु भएको हो ।

सैलुनको हालै हेयरस्टाइलिष्ट निलसहित आसामी अभिनेत्री निसिता गोस्वामीले संयुक्त रुपमा शुभारम्भ गरे । त्यहाँ स्थापना गरिएको सलुन महाराष्ट्रका व्यापारी अभिनन्दन रोयले सञ्चालनमा ल्याएका हुन् । ४९ सलुन र एकेडेमीबाट ४ सयभन्दा बढीलाई राजेगार दिएका निलको फ्रेन्चाईजी सन् २०१८ मा अलाहबादमा सञ्चालनमा आउँदैछ ।

निलका अनुसार भारतको अब वनारस, लखनउ, नोडिया र दिल्लीमा पनि फ्रेन्चाइजी सञ्चालनमा आउँदैछ । निलले काठमाडौंमा ५ फ्रेन्चाइजीसँगैं बिर्तामोड, धरान, काँकडभिट्टा, पथरी, नेपालगञ्ज र भैरहवामा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए ।