बलिउडमा पोर्नस्टार मिया मालकोवाको चर्चा

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘सत्या’, ‘कम्पनी’, ‘सरकार’ जस्ता फिल्म निर्देशनबाट ख्याती कमाएका निर्देशक रामगोपाल वर्मा एकपटक पुनः चर्चामा आएका छन् । उनको नयाँ फिल्म ‘गड, सेक्स एन्ड ट्रुथ’ र फिल्मकी प्रमुख नायिका मिया मालकोवाका कारण बर्मा चर्चामा आएका हुन् । मिया आफैमा चल्तीकी पोर्नस्टार हुन् ।

के छ फिल्ममा ?
फिल्मको केही दिन अघि मात्र ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा मालकोवा महिलाहरुको शरीर र उनको यौन इच्छाको बारेमा कुरा गरिरहेको देख्न सकिन्छ । ट्रेलरमा उनले ‘महिला कसैको सम्पत्ति हुँदैनन्’ भन्ने संवाद बोलेकी छन् ।

निर्देशक बर्माले यो फिल्मलाई यौन शास्त्रको लागि एक क्रान्तिकारी फिल्मको रुपमा उल्लेख गरेका छन् । फिल्मको पोष्टर ट्वीट गर्दै बर्माले फिल्म सेक्सको पछाडि रहेको सत्यताको विषयमा बनेको फिल्म रहेको र यो भगवानले मात्र सोचेको उल्लेख गरेका छन् ।

को हुन् मिया मालकोवा ?
उचाई पाँच फूट सात इञ्च, उमेर २५ वर्ष, नाम मिया मालकोवा, जन्म अमेरिकाको क्यालिफोर्निया राज्य । तर मियाको परिचय यतिमात्र छैन । उनी पोर्नोग्राफी उद्योगमा चर्चित नाम हुन् । यो भन्दा अघि उनले केही नामी रेष्टुरेन्टमा काम गरिसकेकी छन् । पोर्न उद्योगमा उनलाई प्रख्यात पोर्न स्टार नताशा मालकोवाले लिएर आएकी थिइन् ।

मिया र नताशा स्कूलमा सँगै पढ्दथे । आफ्नो छोटो करियरमा मियाले पोर्न फिल्मसँग सम्बन्धित कैयौं अवार्ड जितिसकेकी छन् । सन् २०१२ मा पोर्न उद्योगमा आएका मियाको चर्चा भारतमा अहिले यसकारण पनि भइरहेको छ कि सन्नी लियोनी पछि पोर्न फिल्मबाट बलिउडमा पाइला चाल्ने उनी दोस्रो नायिका हुन् ।