भोजराजको बिते कति रात सार्वजनिक

काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षकको रुपमा कार्यरत गीतकार भोजराज पाण्डेको शब्दमा तयार पारिएको ‘बिते कति रात’ बोलको गीतको भिडियो बजारमा आएको छ ।  मेलिना राईको स्वर रहेको भिडियोमा आशा खड्का, अमन श्रेष्ठ र अनमोलको अभिनय देख्न सकिन्छ ।

पाण्डेले लोक शैलीमै नेपाली मौलिकता झल्कने शब्दहरुको प्रयोग गरेर गीत रचना गरेका छन् । लोक शैलीका गीतहरु निकै नै रुचाईले भएको कारण मौलिक शब्दहरुलाई लोक प्याटर्नमै उतारेको भोजराजले बताए । उनले रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई गीतमा समेटेका छन् ।

गीतमा संगित संयोजन नविन श्रेष्ठको रहेको छ । गीतलाई प्रियसी म्युजिकले बजारमा ल्याएको हो । भिडियोमा बविता श्रेष्ठको निर्देशन, मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन रहेको छ ।