बाहुबलीको रेकर्ड तोड्दै २.०

मुम्बई(एजेन्सी) । भारतमा फिल्म ‘बाहुबली २’ले सन् २०१७ मा सारा रेकर्ड तोडिदियो । अब २०१८ मा चाहिँ रजनीकान्तको फिल्म ‘२.०’ ले प्रभाष अभिनित फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्ने तयारी गरिरहेको छ ।

रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ रिलिजले सबै फिल्मको रेकर्ड तोड्दै ती फिल्मलाई कडा टक्कर दिनका लागि मैदानमा उत्रिँदैछ । रजनीकान्तको यो फिल्मको वितरण अधिकार १६ करोड रुपैंयाँ बेचिन लागिएको छ । जबकी ‘बाहुबली द्द’ के वितरण अधिकार १० दशमलब ५ करोडमा मात्र विक्री भएको थियो ।

निर्देशक शंकरको फिल्म ‘२.०’ अप्रिल १४ मा रिलिज हुँदैछ । रजनीकान्तले यसअघि नै अप्रिल महिनामा फिल्म रिलिज हुने खुलासा गरेका थिए । १४ अप्रिललाई तमिलले नयाँ वर्षको रुपमा मनाउँछन् । त्यसकारण पनि यो दिन फिल्मले धेरै फाइदा लिने अनुमान गरिएको छ ।

यो फिल्मको लागत ४ सय करोड छ । त्यसकारण पनि व्यापार विश्लेषकहरु यो फिल्मले राम्रो कमाई गर्नेमा आशातित छन् । फिल्ममा अक्षय कुमार र रजनीकान्तका अलावा एमी ज्याक्सन प्रमुख भूमिकामा छिन् । फिल्म विश्वभरका ७ हजार स्क्रिनमा रिलिज हुनेछ । फिल्ममा ओस्कार अवार्ड विजेता एआर रहमानले संगीत दिएका छन् ।