भारतमा सलमान र क्याट्रिनाको जोडी

मुम्बई(एजेन्सी) । बलिउडका हिट फिल्मी जोडी क्याट्रिना कैफ र सलमान खान पुनः रोमान्टिक जोडी बनेर पर्दामा आउने भएका छन् । निर्देशक अली अब्बास जफर आफ्नो नयाँ फिल्म ‘भारत’ मा यो जोडीलाई कास्ट गराउने सोच बनाइरहेका छन् ।

‘मैले अहिलेसम्म फिल्मका लागि कलाकार फाइनल गरेको छैन । तर जहिले पनि नायिकाको बारेमा सोच्दा सधैं क्याट्रिना नै दिमागमा आउँछिन् । उनी मेरो नजिककी साथी हुन् र म उनलाई जे पनि भन्न सक्छु । फिल्मका लागि क्याट्रिना उपयुक्त पात्र छिन् ।’ उनले भनेका छन् । फ्यानका बीच टाइगर सलमान खान र टाइगरेस क्याट्रिनाको जोडी निकै हिट छ । सलमान खानले टाइगरको सफलताको श्रेय क्याट्रिनालाई दिएका थिए ।