नेपालमा अमेरिकी हिपहपकी आइशाको कन्सर्ट

काठमाडौं । हिपहप संगीतमा अमेरिकामा लोकप्रिय रहेकी कलाकार आइशा फुकुशिमा नेपाल आउने भएकी छन् । सन् २०१६ मा पहिलोपटक नेपाल आएकी आइशा अमेरिकी दुतावासको निमन्त्रणामा पुनः दोस्रो पटक नेपाल आउन लागेकी हुन् । दुतावासका अनुसार उनले माघ १२ गते नेपालगञ्ज र माघ १३ गते ललितपुरमा कार्यक्रम गर्नेछिन् ।

‘अल्पसंख्यक समुदायलाई आवाज दिने कार्यमा सांगीतिक अभिव्यक्ति र युवा समावेशीकरणले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि उनका कार्यक्रमले प्रकाश पार्नेछन्,’दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि उनले आफ्नो दोस्रो भ्रमणको बसाइमा यहाँ ¥याप्टिभिजम (¥याप एक्टिभिजम) मा केन्द्रित केही कार्यशाला गोष्ठी तथा प्रस्तुति सञ्चालन गर्नेछिन् ।’ दुतावासका अनुसार नेपालगञ्जको कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा माघ १२ गते हुने ‘प्रादेशिक महोत्सव’मा आइशाको ब्याण्ड तथा सुगम पोखरेल, प्रमोद खरेलका साथै कार्टुन क्रुजको पनि प्रस्तुति हुनेछ ।

त्यस्तै माघ १३ गते ललितपुरको जावलाखेलस्थित जावलाखेल फुटबल खेल मैदानमा आइशा फुकुशिमा र उनको ब्याण्ड, सँगै नेपालका दीपक बज्राचार्य तथा रिदम ब्याण्ड, लाउरे, कार्टुन्ज क्रुज र नेपाल हिपहप फाउन्डेशनको प्रस्तुति हुनेछ । कार्यक्रममै अमेरिकी दूतावासका बुकबस र बुकटुका साथै युवाद्वारा सञ्चालित स्टलहरू पनि हुनेछन् । दर्शकलाई कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

अफ्रिकी अमेरिकी जापानी मूलकी आइशा गायिकासँगै वक्ता, शिक्षक र ¥याप अभियन्ता पनि हुन् । उनले स्थापना गरेको ¥याप्टिभिजम (¥याप एक्टिभिजम) नामक विश्वव्यापी परियोजनाको २० देश र चार महादेशमा शाखा छन् । परियोजनाले दमनलाई अभिव्यक्तिका माध्यमबाट संस्कृतिले कसरी चुनौती दिनसक्छ भन्ने कुरामाथि वकालत गर्छ । सन् २०१२ मा फुकुशिमाले आफ्नो विश्वव्यापी ‘¥याप्टिभिजम’ एल्बम संग्रह सार्वजनिक गरेकी थिइन् ।