शान्तिप्रियको मनमा दुरी चलेपछि

काठमाडौं । पत्रकार एवं गीतकार शान्तिप्रियको शब्दमा संगीतकार दीपक शर्माले संगीत गरेको तथा गायक राज सिग्देलको आवाज रहेको ‘उनको मेरो दुरी’गीतको भिडियो छायांकन गरिएको छ । केही अघि मात्रै राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय गीतको निर्देशन गरेका शान्तिप्रियले यसपटक आफ्नै गीतको निर्देशन गरेका छन् ।

गीतमा अभिनेता शुशान्त कार्की, अभिनेत्री अनामिका चौलागाई, साहित्यकार तथा मुक्तककार रश्मि रोदन र बाल कलाकार सयना खड्काले अभिय गरेका छन् । गीतको छायांकन र सम्पदन माधव खरेलले गरेका छन् ।

‘अधर’ एल्बममा समाविष्ट यो चौथो गीत हो । तीन गीतको यस अघि नै भिडियो तयार पारीएको थियो । शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय चलचित्र पत्रकार हुन् ।