एउटै फिल्ममा सलमानका पाँच रुप

मुम्बई(एजेन्सी) । अभिनेता आमिर खान अभिनित फिल्म ‘गजनी’को एक गीत ‘बहका’मा आमिरलाई ६ वटा अलग–अलग रुपमा देखिएका थिए । अब अर्का अभिनेता सलमान खान पनि यसै गरी पाँच अलग–अलग लुक्समा दर्शकमाझ आउने भएका छन् । सलमान आगामी वर्ष इदमा रिलिज हुन लागेको फिल्म ‘भारत’ पाँच अलग अलग अनुहारमा देखिन लागेका हुन् ।

यो फिल्मको निर्देशन अली अब्बास जफरले गर्नेछन् र यो फिल्ममा सलमान ६० वर्षको वृद्धसम्मको लुक्समा देखिनेछन् । फिल्मको सुटिङ आगामी जूनबाट शुरु हुनेछ । सलमानको अलग अलग लुक्स बनाउन प्रोस्थेटिक र स्पेशल इफेक्ट्सको प्रयोग गरिनेछ । समाचार अनुसार सलमानको लुक्सको टेस्ट आगामी फेब्रुअरीबाट शुरु हनेछ । सलमानसँग आफ्नो लुक्सको एक्सपेरिमेन्ट गर्नका लागि पुरा समय रहेकाले पनि उनका लागि यो महिना छुट्याइएको बताइएको छ ।

‘भारत एक सुन्दर कथा हो । जसलाई सलमानको आँखाको सहायताले देखाउनेछ । किनकी यो फिल्ममा सात दशकको समय देखाइनेछ । त्यसकारण हामीले फिल्ममा सलमानलाई सात अलग–अलग रुपमा देखाउने सोचेका छौं । हरेक लुक्समा चरित्रको भित्र रहेको बद्लावको भावनालाई देखाइनेछ ।’ अलीले भनेका छन् ।

यो फिल्म २०१४ को कोरियाली फिल्म ‘एन अड टु माइ फादर’ को अफिसियल रिमेक हो । फिल्मलाई सलमानका ज्वाई अतुल अग्निहोत्रीले निर्माण गर्नेछन् । फिल्मको सुटिङ दिल्ली, पञ्जाब, अबुधाबी र स्पेनमा हुनेछ ।