सरोजको प्रेममा प्रियंका !

काठमाडौं । अहिलेकी चल्तीकी नायिका प्रियंका कार्की नायक आयुष्मान देशराज श्रेष्ठ जोशीको प्रेममा छिन् । उनीहरुको प्रेमले समय समयमा चर्चा परिचर्चा पनि पाइरहेकै छ । आयुष्मानसँग रोमान्स गरिरहेकी प्रियंका यतिबेला नयाँ प्रेमी कार्टुन क्रुजका सरोज अधिकारीको प्रेममा परेकी छन् । आयुस्मानसँग वास्तविक जीवनमा प्रेमी प्रियंका सरोजसँग भने टेलिभिजनको पर्दामा प्रेमी बनेकी हुन् ।

मेलिना राई र सरोज ओलीको स्वरमा रहेको ‘माछीले खाने खोलीको लेऊ’ को गीतमा प्रियंका र सरोजको क्यामेष्ट्री हेर्न पाइन्छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।

यसअघि फिल्म ‘पुरानो डुंगा’को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ गरेका थिए । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका छन् ।  गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ ।

मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको बिजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।