राष्ट्रकवि घिमिरेलाई पोखरामा लाइफटाइम अवार्ड

पोखरा । चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ ।

चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले लोकगायक बुद्धिकृष्ण लामिछानेलाई ११ हजार १५१ नगदसहित विशिष्ट लोक साहित्यकर्मीका रुपमा सम्मान गरिने बताए । उनका अनुसार सांगीतिक क्षेत्रका विभिन्न ४२ विधामा अवार्डसँगै गायिका प्राज्ञ हरिदेवी कोइरालालाई विशेष सम्मान गरिनेछ ।

सांगीतिक क्षेत्रको विकास एवं विस्तारका लागि स्रष्टा र सिर्जनालाई सम्मान तथा प्रोत्साहन गर्नुपर्छ भन्ने सोचका साथ आयोजना गरिने अध्यक्ष कोइरालाले जनाए ।